
जाजरकोटमा गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ जना पुगेको छ । नेपाल प्रहरीकाअनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार खलङ्गा सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको छ ।
मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।
लोकप्रिय समाचार