Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

उद्दार र राहतका लागि ५० लाख दिने कांग्रेसको घाेषणा

Reporter

नेपाली कांग्रेसले जाजरकोट भुकम्प पीडितका लागि उद्धार, राहत र पुन: स्थापना लागि सरकारको कोषमा ५० लाख दिने घोषणा गरेको छ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दु: खी बनाएको जनाएको छ।

कांग्रेसले सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर विपत्तिको सामना गर्न सबैमा अपील गरेको छ।

‘यसैक्रममा भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाली कांग्रेसले रु. ५०,००,०००।– (पचास लाख) नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेस अपील गर्दछ ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको