
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा सरकारले जे गर्नुपथ्र्यो, त्यो गरेको बताएका छन् । मृतकको संख्या १५० आसपास पुगेको, सयौं घाइते भएको र हजारौं घरमा क्षति पुगेको भन्दै उनले भने, ‘आजको दिनमा सरकारको तर्फबाट जे गर्नुपथ्र्यो, गरिएको छ ।’ भोलिदेखि राहत तथा पुनस्र्थापनामा जुट्ने उनले बताए । ‘भोलि विहान ८ बजे मन्त्रिपरिषद्को बैठक बोलाइसकेको छु, त्यसपछि विपद् व्यवस्थापनको बैठक बसेर राहत र पुनःस्थानाको काममा लाग्छौं’, प्रधानमन्त्री प्रचण्डले भने ।
लोकप्रिय समाचार