Logo
10 Dec 2025    २५ मंसिर २०८२, बुधबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

भूकम्प प्रभावित क्षेत्रमा टेलिकमको फोन र एसएमएस सेवा निःशुल्क

Reporter

नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि टेलिफोन र एसएमस सेवा निःशुल्क व्यवस्था गरेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिनुभएको हो ।

 

विज्ञप्तिमा भनिएको छ, ‘सूचना आदान प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरुलाई पाँच दिनको अवधिका लागि निःशुल्क फोन तथा म्यासेज सेवा उपलब्ध गराइएको छ । यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच दिन निःशुल्क फोन तथा एसएमएस सेवासहित निःशुल्क सिम उपलब्ध गराइने छ ।’ साथै टेलिकमले उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाईफाई सेवा समेत उपलब्ध गराएको छ । हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जनाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको