Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

सानोठिमी क्याम्पसको १३ रोपनी जग्गा कौडीको भाउमा भाडामा

admin

sanothimi

काठमाडौँ — सानोठिमी क्याम्पसले मूल सडकसँग जोडिएको १३ रोपनी जग्गा कौडीको भाउमा व्यापारिक प्रयोजनका लागि भाडामा लगाएको छ ।

शिक्षा मन्त्रालयले शैक्षिक प्रयोजनका लागि क्याम्पसलाई भोगचलन गर्न दिएको जग्गा प्रतिरोपनी मासिक ५ सय ९७ रुपैयाँमा १० वर्षका लागि भाडामा दिइएको हो ।

भूकम्पमा स्थानीयले आश्रय लिएको १३ रोपनी जग्गा रेस्टुरेन्ट र क्याटरिङ सञ्चालन गर्न आवश्यक संरचना बनाउने गरी टेन्डर प्रक्रिया पूरा गरेर प्राणनाथ क्याफेलाई दिइएको हो । क्याम्पस र क्याफेबीच असोज २२ मा भएको सम्झौताअनुसार एक रोपनीको वार्षिक ७ हजार १ सय ७५ तिर्नुपर्छ ।

मध्यपुर ठिमी–२, सानोठिमी क्याम्पसको पूर्व, काठमाडौंबाट भक्तपुर जाने पुरानो बाटोको उत्तर, मगरगाउँ जाने पिच बाटोको पश्चिमतर्फको यो जग्गा सानोठिमी फुटबल मैदानअगाडिको मूल सडकसँगैजोडिएको छ,यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

शिक्षकलाई राख्न लाखौं खर्चेर बनाएको क्वार्टरसमेत भाडामा दिइएको जग्गाभित्रै पर्छ । क्याम्पस र क्याफेबीच भएको सम्झौतामा क्वार्टरको विषय उल्लेख छैन । सम्झौताअनुसार शिक्षकका लागि बनाइएको क्वार्टरसमेत ठेक्का पाएकै व्यक्तिले उपयोग गर्न पाउनेछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको