Logo
06 Dec 2023    २० मंसिर २०८०, बुधबार

ताजा खबर

अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसी बन्द गराइने: मेयर बालेन शासकीय सुधारका लागि आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण ग्राउन्ड ह्यान्डलिङ खोसिएको विरोधमा नेपाल एयरलाइन्सका कर्मचारी आन्दोलित आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता: एनसेल वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्ने: प्रधानमन्त्री दाहाल

विश्वकप क्रिकेट: भारत स​ङ्ग​ दक्षिण अफ्रिका २४३ रनले पराजित

Reporter

आइसीसी विश्वकप क्रिकेटमा आयोजक भारतको अपराजित यात्रा कायमै रहेको छ। कोलकोत्ताको इडन गार्डेनमा आज सम्पन्न खेलमा घरेलु टोली भारतले दक्षिण अफ्रिकालाई २४३ रनको फराकिलो अन्तरले पराजित गर्दै विश्वकप यात्रामा अपराजित यात्रा कायमै राख्न सफल भएको हो।

यस अघि भारतले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ५विकेट गुमाएर ३२६ रन बनाएको थियाे। ३२७ रनको बिजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७ दशमलब १ ओभरमा ८३ रनमै अल आउट हुन पुग्यो। दक्षिण अफ्रिकालाई सस्तैमा आउट गर्न भारतका बलर रवींद्र जाडेजाले सबै भन्दा बढि ५ विकेट लिए। उनले ९ ओभरमा १ मेडन ओभरसहित ३३ रन खर्चेर ५ विकेट लिएका हुन। त्यसैगरी मोहम्मद शमी र कुलदीप यादवले दुई दुई विकेट लिए ।

त्यसैगरी मोहम्मद सिराजले एक विकेट हात पारे भने जसप्रीत बुमराहले कुनै विकेट लिन सकेनन । उनले ५ ओभर बलिङ गर्दै जम्मा १४ रन मात्र खर्चे । दक्षिण अफ्रिकाका लागि सबै भन्दा वढि मार्को यानसनले १४ रन बनाए । त्यसैगरी रासी वान दर दुसें १३ रन तथा कप्तान तेम्बा बवूमाले ११ रन बाहेक बाँकीले दोहोराे अंकमा रन जोड्न सकेनन्।

यस अघि भारतको पालीमा सबै भन्दा बढि विराट कोहलीले १२१ बलमा १०चौकासहित १०१ रन बनाए । श्रेयस अय्यरले ८७ बलमा ७ चौका र २ छक्कासंगै ७७ रनको योगदान दिए।त्यसैगरी कप्तान रोहित शर्माले ४० रन , रवींद्र जाडेजाले २९ रन,शुभमन गिलले २३ रन तथा सूर्यकुमार यादवले २२ रन बनाए।के एल राहुल ८ रन बनाएर आउट भए। दक्षिण अफ्रिकाका लागि लुंगिसानी एनगिडी,मार्को यानसन, कगिसो रबाडा, केशव महाराज र तबरेज़ शम्सी सबैले एक एक विकेट लिए।

यो जितसंगै भारत ८ खेलबाट १६ अंक बटुलेर तालिकाको अग्रस्थान रहेको छ । जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो दोस्रो हार हो । ८ खेलबाट दक्षिण अफ्रिका१२ अंक पाएर तालिकाको दोस्रो स्थानमा यथावत छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको