Logo
06 Dec 2023    २० मंसिर २०८०, बुधबार

ताजा खबर

अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसी बन्द गराइने: मेयर बालेन शासकीय सुधारका लागि आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण ग्राउन्ड ह्यान्डलिङ खोसिएको विरोधमा नेपाल एयरलाइन्सका कर्मचारी आन्दोलित आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता: एनसेल वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्ने: प्रधानमन्त्री दाहाल

भारतद्वारा १६ करोड बराबरको आपतकालीन राहत सामग्री सहयोग

Reporter

भारतले नेपालका भूकम्पपीडितलाई राहत सामग्री सहयोग गरेको छ । भारतले १६ करोड नेपाली रुपैयाँ बराबरको आपतकालीन राहत सामग्री सहयोग गरेको हो । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पपछि नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धताअनुरुप आपतकालीन राहत सामग्रीको पहिलो खेप नेपालगन्ज ल्याइएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

भारतीय वायसेनाको एक विशेष विमान सी–१३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर आएको हो । उक्त सामग्री भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए । उक्त अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा पनि थिए । राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरुका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लीपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटरजस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधि रहेको दूतावासले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको