Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

तीन महिना नहुँदै नेपाल वायु सेवा निगमको वाइड बडीको ब्रेक फेल

admin

नेपाल वायु सेवा निगमको वाइड बडी

काठमाडौ‌‌ —राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी विमान ‘अन्नपूर्ण’ दुई हप्तादेखि ‘ग्राउन्डेड’ छ।

ब्रेक सिस्टम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको हो।

विमानको ब्रेक सिस्टममा तीन वर्षको वारेन्टी भए पनि तीन महिना नउड्दै समस्या आएको निगमले जनाएको छ।

कलसाइन एन–एएलवाई रहेको यो विमानको ब्रेक सिस्टम बिग्रिएपछि नउडाएको निगमका प्रवक्ता अशोक सिग्देलले बताए । उनका अनुसार अहिले नयाँ वाइड बडी खरिदका क्रममा भएको सम्झौताअनुसार बिग्रनु नपर्ने ब्रेक सिस्टम कसरी बिग्रियो भन्ने विषयमा अध्ययन भइरहेको छ।

‘कात्तिक २२ गते जहाजको ब्रेक सिस्टममा खराबी देखिएपछि विमानस्थलमै ग्राउन्डेड गरेका छौं। प्राविधिक विषय भएका कारण इन्जिनियरहरुले अध्ययन गरिरहेका छन्,’ सिग्देलले भने, ‘एभियोनिक्स कार्गो डोरमा समेत समस्या देखिएको छ। केही दिनभित्रै हल हुन्छ।’

दोहा–काठमाडौ‌ उडानका क्रममा कातिक १६ गते दोहामा  विमानको ब्रेक सिस्टममा समस्या देखिएपछि उडान ६ घन्टा रोकिएको थियोर।, यो खबर आजको नागरिक दैनिकमा छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको