Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध

विभागले गर्‍यो उपत्यकाका पसललाई एकैदिनमा २ लाख ८५ हजार जरिवाना 

Reporter

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने व्यापारीक फर्मलाई २ लाख ८५ हजार रुपैयाँ बराबरको कारबाही गरेको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमनका क्रममा विशेष टोली बजारमा खटाइरहेको छ । यही क्रममा हिजो मंगलबार एकै दिन ८ वटा फर्मलाई कारबाही गरेको हो ।

त्यसक्रममा विभागले ५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म नगद जरिवाना गराइएको छ । सबैभन्दा धेरै नगद जरिवाना कलंकीको मदिरा पसललाई २ लाख रुपैयाँ तिराइएको विभागले जनाएको छ । यसबाहेक, काठमाडौंको इलेक्ट्रिक पसललाई २० हजार रुपैयाँ, पेप्सीकोलाको भाडाँकुडा पसललाई ५ हजार रुपैयाँ र काठमाडौँकै भाडाँडाकुँडा पसललाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए ।

यसैगरी, काठमाडौँकै थप दुई भाडाँकुँडा पसलेलाई समान १०/१० हजार रुपैयाँ जरिवाना तिराउँदा विभागले गोकर्णेश्वरको दुई इलेक्ट्रिकल पसललाई २० हजार र १० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको