Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध

चीन सरकारले पठाएकाे राहत सामग्री नेपाललालाई हस्तान्तरण

Reporter

जाजरकाेट भूकम्प प्रभावितका लागि चीन सरकारले पठाएकाे राहत सामग्री नेपाललालाई हस्तान्तरण गरिएको छ । उक्त राहत सामग्री चिनिया सेनाका २ वटा विमानमार्फत बुधबार नेपाल ल्याइएकाे हाे । ती राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका जहाजमा रु २८ करोड रुपैयाँ बराबरका चार हजार ६ सय थान ब्ल्याङ्केट र ६०० थान त्रिपाल रहेको जानकारी गराइयो ।

 

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले राहत सामग्री बुझेपछि पत्रकार सम्मेलनमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई राहत वितरण एकद्वार नीतिबाटै गरिने बताए । उनले विभिन्न दाताले उपलब्ध गराएको सहयोगलाई सङ्कलन गरी तीनवटै सरकारको समन्वयमा एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई प्रदान गरिने बताए । उनले भने,“ भूकम्प पीडित कोही पनि खुला आकाशमुनि बस्नु नपरोस्, जाडोमा भूइँमा सुत्नु नपरोस् तथा खाद्यान्नविहीन हुनु नपरोस् भन्ने तवरबाट सरकारले काम गरिराखेको छ । यसका लागि आवश्यक व्यवस्थासहित सम्बद्ध पक्षलाई निर्देशन पनि दिइसकेको छ ।” भूकम्पलगत्तै प्रभावित दुबै जिल्लामा सरकारले पाँच/पाँच करोड रुपैयाँ उपलब्ध गराइसकेको पनि उनले जानकारी दिए ।

 

भूकम्पपछि मित्रराष्ट्रबाट सहयोग आउने क्रम जारी रहेको जनाउँदै उनले सहयोगका दाताप्रति धन्यवाद व्यक्त गरे । ‘हाम्रो देश प्राकृतिक विपत्तिले जोखिमी देश भएको उल्लेख गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले जोखिमी न्युनीकरणसँगै जनधनको कम नोक्सानी हुने गरी चनाखो बन्नु अपरिहार्य छ’ उनले भने ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको