Logo
10 Dec 2024    २५ मंसिर २०८१, मंगलवार

ताजा खबर

प्रतिनिधि सभासँग राष्ट्रिय सभा १३ गोलले पराजित चोभारस्थित कबाडी संकलन केन्द्रमा आगलागी राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता सम्पन्न, ९ विद्यार्थी ग्लोबल कम्पिटिसनका लागि छनोट सुनको मूल्य तोलामा २१ सय रूपैयाँले बढ्यो गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा ‘पग्लियो यो मन’(भिडियो) गढीमाई मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

तीन क्रिकेट रंगशाला राष्ट्रिय आयोजनामा समावेश

Reporter

सरकारले तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

 

मन्त्री शर्माले भनिन्, ‘नेपाली क्रिकेट राष्ट्रिय टिमले निकै ठूलो सफलता हासिल गरेको छ । बैठकमा त्यसबारे पनि छलफल भयो, सरकारले अब विराटनगर, मूलपानी र भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको