Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध

भोली मिस गुरुङ इन्टरनेसनलको पाँचौँ संस्करणको ग्रान्ड फिनाले हुदै

Reporter

काठमाडौं । मिस गुरुङ इन्टरनेसनलको पाँचौँ संस्करणको ग्रान्ड फिनाले शुक्रबार २४ कात्तिकमा हुने भएको छ । कार्यक्रम काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजनामा आउन लागेको हो । सन् २०१४ बाट सुरु भएको  यस कार्यक्रममा उपाधि विजेताले ५ लाख रुपैयाँ बराबरको पुरस्कार, मिस पपुलर अवार्ड विजेताले ३ लाख बराबर तथा फर्स्ट रनरअपले २ लाख बराबर, सेकेन्ड रनरअपले १ लाख र मिस ट्यालेन्ट उपाधि विजेताले २५ हजार रुपैयाँ बराबरको विभिन्न पुरस्कार प्राप्त गर्नेछन् । गुरुङ समुदायको कला, भाषा, भेषभूषा तथा संस्कृतिको जगेर्नाका लागि आयोजना हुँदै आएको मिस गुरुङ इन्टरनेसनलको आयोजक मृगतृष्णा फेसन हाउस रहेको छ ।

नेपाल–भारत मानव विकास एवं मैत्री संघका अध्यक्ष सूर्य भुसाल र नेपाल–भारत आदिवासी जनजाति मैत्री संघका अध्यक्ष विनोद गुरुङ कार्यक्रमका प्रमुख सल्लाहकार छन् ।

संसारभर छरिएका गुरुङ जातिलाई एकै ठाउँमा सहभागी गराउनु र गुरुङ जातिको संस्कृतिलाई संसारभर प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रम निर्देशक तृष्णा गुरुङले बताइन् ।

‘मिस गुरुङ इन्टरनेसनल पाँचौँ संस्करणमा नेपाल र भारतबाट सहभागी प्रतियोगीलाई वर्षभरि नै विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रममा सहभागी गराउनुका साथै फेसन शो, म्युजिक भिडियोलगायत व्यावसायिक गतिविधिमा अवसर प्रदान गरिने छ,’ कार्यक्रम निर्देशक गुरुङले भनिन् ।

मिस गुरुङ इन्टरनेसनल उपाधि विजेताले नगद पुरस्कारसहित अस्ट्रेलियामा हुने हेरिटेज फेसन सोमा सहभागी हुने अवसर पाउनेछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको