Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

नेपालले पोर्चुगलमा दूतावास खोल्ने

Reporter

नेपालले पोर्चुगलमा नेपाली राजदूतावास खोल्ने भएको छ । यूरोपको पोर्चुगलमा नेपालीहरु रोजगारीका लागि धेरै पुगेको र त्यस आधारमा राजदूतावास खोल्ने निर्णय सरकारले लिएको सरकारका प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । ।

आज बिहान सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय लिएको हो ।

दूतावास खोल्ने निर्णय मात्र होइन, सरकारले त्यहाँका लागि राजदूताको नाम समेत सिफारिस गरेको छ । राजदूतका रुपमा सुनिल नेपाललाई पठाउने गरी सरकारले सिफारिस गरेको हो । सिफारिस भएका नेपालको अब संसदीय सुनुवाई प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको