Logo
30 Nov 2023    १४ मंसिर २०८०, बिहीबार

ताजा खबर

३१ यात्रु छुटेको विषयमा नेपाल एयरलाइन्सले क्षमा माग्यो अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयोः केपी शर्मा ओली सेयर बजार चौथो दिन पनि घटेर बन्द महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्छ : आरजु राणा भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलो गरिँदैन : गृहमन्त्री श्रेष्ठ जाजरकोट भूकम्प: पालमा बस्दै आएकी बालिकाको मृत्यु

रोटरीक्लव ज्ञानेश्वरद्धारा मैनबत्ती सम्वन्धी तालिम सम्पन्न

Reporter

कार्तिक २४, काठमाडौं ।रोटरी क्लव ज्ञानेश्वरले उद्यमशिलता विकास एवं स्वरोजगार कार्यक्रम अन्र्तगत मैनबत्ती बनाउने तालिम सञ्चालन गरेको छ । काठमाडौंको ज्ञानेश्वरस्थित एट्टिक रेष्टुरेन्टमा भएको तालिम कार्यक्रममा करिव २५ जनाले सहभागिता जनाएका छन ।

सहभागीहरुलाई राधाको बर्न सर्भाईबरकी संस्थापक एवं महिला चेम्बरकी सदस्य राधा लक्ष्मी श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।
युवा र महिला उद्यमशिलता अन्र्तगत रोटरीले व्यवसायिक अभिवृद्धि एवं स्वरोजकारका विभिन्न कार्यक्रम गर्दै आएको छ ।

क्लवले यसअघी व्युटिसियन एवं पाककला सम्वन्धी विभिन्न प्रशिक्षण गर्दै आएको छ ।
कार्यक्रमको संयोजक रोटरियन श्रृष्ठि त्रिपाठीले गर्नुभएको छ । घरेलु महिलालाई लक्षित गरी आगामी दिनमा पनि थप कार्यक्रहरु सञ्चालन गरिने उहाँको भनाई छ ।

मैनबत्ती बनाउने कला सिकेपछि व्यवहारिक कार्यन्वयनमा पनि ध्यान दिनुपर्ने त्रिपाठीले बताउनुभयो । सो कार्यक्रममा रोटरीकी अध्यक्ष लेलिना भट्टराइ र पूर्वअध्यक्ष रश्मिला श्रेष्ठको पनि सहभागिता थियो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको