Logo
30 Nov 2023    १४ मंसिर २०८०, बिहीबार

ताजा खबर

३१ यात्रु छुटेको विषयमा नेपाल एयरलाइन्सले क्षमा माग्यो अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयोः केपी शर्मा ओली सेयर बजार चौथो दिन पनि घटेर बन्द महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्छ : आरजु राणा भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलो गरिँदैन : गृहमन्त्री श्रेष्ठ जाजरकोट भूकम्प: पालमा बस्दै आएकी बालिकाको मृत्यु

तिहारमा आतसबाजी र जुवातास नखेल्न प्रहरीको अनुरोध, ड्रोनबाट निगरानी गरिने

Reporter

नेपाल प्रहरीले तिहारमा पटका, भूइँचम्पा, आतसबाजी जस्ता विस्फोटक पदार्थ नपड्काउन अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले पटका, भूइँचम्पा, आतसबाजीजस्ता कार्यहरू कानूनद्वारा वर्जित गरिएकाले त्यस्ता कार्यहरू नगर्न अनुरोध गरेको हो ।

तिहार, नेपाल सम्वत, छठ तास पर्वका अवसरमा सुरक्षाका लागि आकस्मिक रूपमा चेक प्वाइन्ट खडा गर्ने र भिडभाड हुने स्थानमा ड्रोन मार्फत निगरानी गरिने कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

लङ्गुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउन समेत अपिल गरिएको उनले बताए । नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भिडभाडमा सकेसम्म नजान समेत कार्यालयले अपिल गरेको छ । त्यस्तै, सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकको ओटिपी कोड सुरक्षित राख्न पनि अनुरोध गरिएको प्रवक्ता मैनालीले जानकारी दिए ।

त्यस्तै, चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गर्न पनि अनुरोध गरिएको उनले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको