Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध

भार​त मा डाक्टरले नक्कली पेसमेकर लगाइदिँदा गयो २ सयको ज्यान

Reporter

भारतको उत्तर प्रदेशमा एकजना डाक्टरले ६ सयजना बिरामीमा नक्कली पेसमेकर लगाइदिएका छन्। यसले गर्दा २ सयजनाको मृत्यु भएको छ।   उत्तर प्रदेशको इटावास्थित सैफई मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डाक्टर समीर सर्राफले पैसाको लोभमा ६ सयजना बिरामीमा नक्कली पेसमेकर लगाइदिएको भारतीय सञ्चार माध्यमहरूले लेखेका छन्।

नक्कली पेसमेकर लगाइएकामध्ये २ सयजनाको मृत्यु भइसकेको उत्तर प्रदेश सरकारले जनाएको छ। घटना पछि डाक्टर अहिले प्रहरी नियन्त्रणमा छन्।   डाक्टर सर्राफले सञ्जिव गान्धी पोष्ट ग्रेजुएट इन्स्टिच्यूट (एसजीपीजीआई) को तोकिएको मूल्यभन्दा बदी मूल्यमा बिरामीलाई नक्कली पेसमेकर लगाइदिएको आरोप परिवारजनले लगाएका छन्।

बिरामीका आफन्तको उजुरी पछि सैफई मेडिकल कलेज प्रशासनले छानबिन कमिटी गठन गरेको थियो। छानबिन कमिटीका अनुसार पेसमेकरको तोकिएको मूल्यभन्दा ९ गुणा बढी मूल्य डाक्टर सर्राफले बिरामीसँग असुलेका थिए। साथै ती पेसमेकर नक्कली भएको पनि पुष्टि भयो।

यसैबीच, उत्तर प्रदेशका उप मुख्यमन्त्री केशव प्रसाद मौर्यले घटनाबारे अनुसन्धान गरेर दोषीलाई कडा सजाय दिलाउने बताए। उनले डाक्टर सर्राफका कारण पीडित भएकालाई सरकारले न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने पनि बताए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको