Logo
30 Nov 2023    १४ मंसिर २०८०, बिहीबार

ताजा खबर

३१ यात्रु छुटेको विषयमा नेपाल एयरलाइन्सले क्षमा माग्यो अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयोः केपी शर्मा ओली सेयर बजार चौथो दिन पनि घटेर बन्द महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्छ : आरजु राणा भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलो गरिँदैन : गृहमन्त्री श्रेष्ठ जाजरकोट भूकम्प: पालमा बस्दै आएकी बालिकाको मृत्यु

असोजमा कीर्तिमानी १ खर्ब ३७ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रियो

Reporter

चालु आर्थिक वर्षको असोजमा १ खर्ब ३७ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले असोजमा हालसम्मै उच्च अर्थात् कीर्तिमानी रकम रेमिट्यान्सबापत पठाएका हुन्। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको तथ्यांकमा आधारित) प्रतिवेदनअनुसार चालु आवको तीन महिनाको अवधिमा ३ खर्ब ६५ अर्बभन्दा धेरै रेमिट्यान्स भित्रिएको हो।

 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन र भदौको तुलनामा असोजमा रेमिट्यान्स २० अर्बभन्दा धेरै भित्रिएको छ। नेपालीहरूको महान् पर्व दसैं कात्तिकको पहिलो साता भए पनि विदेशीमा रहेका नेपालीले दसैं खर्चबापतको रकम असोजमा पठाएकाले पनि रेमिट्यान्सबापत उच्च रकम भित्रिएको हो।

 

नेपाल राष्ट्र बैंकअनुसार चालु आवको साउनमा १ खर्ब १६ अर्ब र भदौमा १ खर्ब १४ अर्ब रूपैयाँ रेमिट्यान्स आएको थियो। तर असोजमा भने अन्य दुई महिनाको तुलनामा २० अर्बभन्दा धेरै रकम रेमिट्यान्स स्वदेशमा आएको छ। राष्ट्रबैंकको प्रतिवेदनले पनि आव २०७९/८० को तीन महिनाको अवधिमा भन्दा चालु आवको तीन महिनाको अवधिमा रेमिट्यान्स ३० प्रतिशतले बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रूपैयाँ पुगेको जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको