Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

भोलिदेखि लाइसेन्सको आवेदन खुल्दै,सर्भरको समस्या हटाउन कर्मचारीलाई २ दिने तालिम प्रदान

admin

licence

चाडबाडको कारण विगत लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन भोलि शुक्रबारदेखि खुल्ने भएको छ।

लामो अवधिपछि आवेदन खुल्ने भएकाले सर्भरमा समस्या आउने सक्ने सम्वन्धमा सचेत रहेर काम गरिएको विभागले जनाएको छ।

अनलाइन फारम भर्दा सेवाग्रहीलाई समस्या नपरोस भनेर मंगलावार र बुधवार २३ वटा यातायात कार्यालयका कर्मचारीलाई सर्भरको तालिम दिइएको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए।

यातायात व्यवस्था विभागले चाडपर्वको विदालाई मध्यनजर गर्दै सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल सेवा बन्द गरेको थियो।
नयाँ ट्रायल र फारम नखुलेपनि रिट्रायल भने दशैं लगत्तै सुचारु गरिएको थियो।

करिब ७० हजार लाइसेन्स छापियो

सवारी चालक अनुमति पत्रको लागि सबै प्रकृया पुर्याएका लगभग ६ लाख चालकले अझै सम्म लाइसेन्स पाउन सकेका छैनन्।

विभागले ६ लाख ‘ब्याक लक’ हटाउन मालिका इन्कर्पोरेटलाई लाइसेन्स छपाईको जिम्मा दिएको थियो। आफूहरुले हालसम्म करिव ७० हजार भन्दा धेरै लाइसेन्स छापिसकेको र विभागलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको मालिका इन्कर्पोरेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले बताए।

‘छापिएको लाइसेन्स विभागलाई जिम्मा लगाउन सबै तयारी गरिसकेका छौँ’ ढकालले भने ‘कसरी बुझाउने–कसलाई बुझाउने आदी अन्यौलको कारण केही ढिलो भएको हो।’

आफुहरुको दैनिक २० हजार लाइसेन्स छाप्ने क्षमता भएपनि त्यो रफ्तारमा काम हुन नसकेको ढकालले बताए। ‘हामीलाई विभागबाट प्राप्त डाटा मध्ये ५० प्रतिशत मात्रै डाटा सही आउँछ बाकीँ इरर हुन्छ, विभागले त्यो समस्या हटाउने प्रयास गर्दै छ’ उनले भने। त्यो समस्या हट्नेवित्तिकै छपाई बढ्ने उनले जानकारी गराए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको