Logo
01 Dec 2023    १५ मंसिर २०८०, शुक्रबार

ताजा खबर

स्वीकृति नै नलिई एनसेलको शेयर बिक्री नक्कली भुटानी शरणार्थी प्रकरणमा यस्तो छ आदेश जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ? नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आग्रह

समिर लामाको निर्देशनमा “त्यो डाँडा पारी,यो डाँडा पारी” सार्वजनिक(भिडियो)

Reporter

खरका छाना र काठका बलोले सजिने गाउँका घरहरुको कथा, लहरा र छहराले बान्की परेका डाँडापखाहरुको कथा , सेतै फुलेका हिम श्रृंखलाहरु, चरचुङ्गीहरुको चिरविर्र आवाजहरु, मेची महाकालीको कथा, प्रकृतिको कथा, सुन्दरताको कथा अनि हाम्रो आफ्नै माटोको कथा बोकेको एउटा सुन्दर प्रस्तुती हरेको “त्यो डाँडा पारी,यो डाँडा पारी”बोलको गीतलाई अहिलेकी सर्वाधिक चर्चित तथा मिठो स्वरकी धनी गायिका अञ्जु पन्तको स्वरमा ओएसआर डिजिटल मार्फत सार्वजानिक भएको छ ।

मौलिक शब्द तथा संगीतको संयोजन रहेको उक्त गीतले प्राकृतिक सुन्दरता, ग्रामिण सहअस्तित्वका कुराहरुलई बिम्बित गरेका छ । देशको माटोको, प्राकृतिक छटाको, पहाडको, कन्दराको तथा मेची महाकालीको कथालाई वाचन गरेको छ । गीतकार सालु डिसीको शब्द रचना रहेको उक्त गीतलाई अहिलेका चर्चित संगीतकार राजेश कुमार श्रेष्ठले एरेन्ज तथा संगीत गरेका हुन । गीतको शब्द र संगीतको भाव अनुसार गीतलाई प्राण भर्ने काम गायिका पन्तले गरेकी छिन् ।

मोडल तथा संचारकर्मी समिर लामाको निर्देशन रहेको उक्त गीतको भिडियो निक्कै आकर्षक बनेको छ । लामाले गीतको भाव अनुसार नै कथा वाचन गर्ने प्रयत्न गरेका छन् । प्राकृतिक सुन्दरता, ग्रामिण परिवेश तथा जनजीवन एवं राष्ट्रिय भावलाई उत्कृष्ट तवरवाट प्रस्तुत गर्न खोजेका छन् । गीतको कोरियोग्राफर राहुल बराईली हुन् ।

अनिसा ओलीको आकर्षक अभिनय रहेको उक्त गीतमा मुकेश हुँमागाईको छायाँकन तथा विनोद बमको सम्पादन रहेको छ । “त्यो डाँडा पारी,यो डाँडा पारी” बोलको गीत मेलोडी नम्बर मन पराउनेहरुको लागी उत्कृष्ट गीत रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको