Logo
10 Nov 2024    २५ कार्तिक २०८१, आईतवार

ताजा खबर

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान थाइल्याण्डमाथि नेपालको १०६ रनको फराकिलो जित रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति कालीकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु मानव तस्करीमा मुछिएका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा प्रदीपराज वन्त निर्विरोध

ए डिभिजन लिगमा च्यासलको पहिलो जित

admin

A-division

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज भएको तेस्रो चरणको पहिलो खेलमा च्यासल युथ क्लबले एनआरटी लाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा च्यासलले एनआरटीलाई ५–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । यसअघि खेलको दुई खेलमा एक खेलमा हार तथा एक खेलमा बराबरी खेलेको थियो । च्यासलले पहिलो खेलमा मछिन्द्र क्लबलाई गोलरहित बराबरीमा रोकेको थियो भने आर्मीसँग १–० गोलअन्तरले पराजित भएको थियो ।

च्यासलको जितमा अमिर श्रेष्ठ र विमल घर्तीमगरले दुई दुई गोल गरे भने सन्तोष साउखलले एक गोल गरे । अमिरले खेलको पहिलो हाफको १४ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । त्यस्तै उनले खेलको पहिलो हाफको २९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै च्यासलको अग्रता दोब्बर पारे ।

खेलको पहिलो हाफसम्म २–० ले अगाडि रहेको च्यासलले दोस्रो हाफमा ३ गोल थप्यो । खेलको ५६ औँ मिनेटमा विमलले गोल गर्दै च्यासलको अग्रता तेब्बर पारे भने अर्का खेलाडी सन्तोषले खेलको ६३ औं मिनेटमा अर्को एक गोल थपे । त्यसैगरी विमलले खेलको ८६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

एनआरटीको तर्फबाट विदेशी खेलाडी मोसुद अग्बोलाले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एक सान्त्वना गोल फर्काए । च्यासलका विमलको यो खेल नै लिगको अन्तिम खेल हो । विमल ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि लिगका बाँकी खेल नखेल्ने भएका छन् ।

क्लबले बेल्जियम जाने भएपछि उनको सम्झौता फुकुवा गरेको हो । यसअघि पनि विमलले बेल्जियमको आरएससी एण्डरलेच्टबाट पनि खेलेका थिए त्यस्तै स्पेनको मार्वेला युनाइटेडमा ट्रायल दिएका थिए । यस जितसँगै च्यासलले अङ्क तालिकामा चार अङ्क जोडेको छ भने एनआरटीको जम्म एक अङ्क छ । आजै हुने दोस्रो खेलमा मनाङमस्र्याङ्दी क्लब र थ्रीस्टार क्लब आमनेसामने हुँदैछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको