Logo
13 Dec 2024    २८ मंसिर २०८१, शुक्रबार

ताजा खबर

नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार पत्रकार महासङ्घको निर्वाचन आज फरार जीबी राईको राहदानी रोक्का प्रधानमन्त्री ओलीविरुद्धको कसुरमा धरौटीमा छाड्न आदेश, अर्को मुद्दामा हिरासतमा बस्नेछन् दुर्गा प्रसाई रविलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति कमलादीमा भासिएको सडक आजदेखि प्रयोगमा

काठमाडौं महानगरले तोकेको स्थानमा बिकेन फूल

Reporter

काठमाडौं महानगरपालिकाले यस वर्षको तिहारमा फूल व्यापारीहरुका लागि चार वटा स्थान तोकिदिएको छ । तीनकुने, बबरमहल, भृकुटीमण्डप र बालाजुबाट फूल माला बेच्न पाइने गरी स्थान तोकिएको छ । तर, उपभोक्ता र फूल व्यापारीहरु महानगरको व्यवस्थाप्रति अनभिज्ञ हुँदा व्यापारी र उपभोक्ता मारमा परेका छन् । बिगतका वर्षहरुमा तिहारको बेला सडक सडकमा बसेर फूल बेच्ने व्यापारीहरुलाई यस पटक महानगरपालिकाले भृकुटीमण्डप तोकिदिएपछिको स्थानीयको पिरमा छन् । हानगरपालिकाले उपभोक्ता र व्यापारीहरुलाई सहज होस भनेर भृकुटीमण्डप तोकिदिए पनि नगरप्रहरीले नयाँ सडकका फुल व्यापारीहरुलाई एकाबिहानै नियन्त्रणमा लिई भृकुटीमण्डप लगेपछि उनीहरुले विरोध जनाएका थिए । व्यापारीलाई महानगरले लखेट्दा अति नै नराम्रो भएको बताउनुभयो आशिष थापा बताउनुहुन्छ ।

व्यापारी मात्रै होइन सडक र चोक चोकबाट फूल किन्दै आएका उपभोक्ता पनि महानगरपालिकाको नियमप्रति सन्तुष्ट देखिएका छैनन् । विगत १५ बर्षदेखि तिहारमा सयपत्री फलूको वयापार गदै आएका ललितपुरकी ६५ बर्षिया देबी पन्त पनि तिहारका लागि ज्यालामा माला उन्न लगाई बिक्री गर्न काठमाडौं आउँदा बिक्रीस्थल परिवर्तनका कारण निरास बनिन् ।

केही दिन यता फूल टिप्न भ्याइ नभ्याई गरी व्यापारका लागि काठमाडौं आएका अन्य फूल व्यापारीहरु पनि एउटा निश्चित ठाउँमा बसेर फूल माला बेच्नुपर्ने नियमप्रति सन्तुष्ट देखिएनन् । तिहारका लागि विद्यालय छुट्टि भएपछि त्यसको सदुपयोग गर्नेगरी फूलको बेच्न आएका यी बालकहरु पनि घुमिफिरी फुलमाला बेच्न नपाएकोमा यसो भन्छन् । भृकुटीमण्डपबाट फूल माला किन्ने व्यवस्था गरिएको महानगरपालिकाको व्यवस्थाप्रति अनभिज्ञ उपभोक्ताहरु पनि यता र उता भौंतारिनु परेको भन्दै दिक्दारी व्यक्त गरेका छन् । सडक व्यापारप्रति निकै कठोर बन्दै आएको महानगरपालिकाले चाडबार्डको बेला पनि सोही नीति अवलम्बन गरेको देखिन्छ । तर, यसले चाडपर्वका उपभोक्ता र ब्यापारीहरुलाई भने मर्का पारेको बुझ्न कठीन छैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको