Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

Site Oficial De Apostas Em Football, Esportivas Online E Cassino No Brasil 2025 १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने पोखरा भ्रमण वर्षको उद्घाटनमा घाइते भएका अर्थमन्त्री पौडेललाई राष्ट्रपतिले भेट्ने

काठमाडौँको सडकमा अलपत्र रहेका गाईबाच्छा काञ्जी हाउसमा

Reporter

काठमाडौँ महानगरपालिकाले सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धारका लागि दिपावलीको पूर्वसन्ध्यामा दक्षिणकालीमा काञ्जी हाउस सञ्चालनमा ल्याएको छ ।

महानगरपालिकाको सो कार्यको ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ले खुसी व्यक्त गरेको छ । ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ले काठमाडौँ उपत्यकालाई असहाय गाईबाच्छामुक्त क्षेत्र बनाउन देशभरका हरेक पालिकामा सुविधा सम्पन्न काञ्जी हाउस स्थापना तथा सडकमा गाई वस्तु अलपत्र छाड्ने प्रवृत्ति अन्त्यका लागि कानुनी वकालत गर्दै आएको छ ।

सडकमा अलपत्र असहाय गाईबाच्छालाई संरक्षणको आग्रह गर्दै अभियानका अध्यक्ष उत्तम पुडासैनीले आज विज्ञप्ति जारी गर्दै त्यसरी सडकमा गाईबाच्छा छाड्दा उनीहरूलाई रोग लाग्ने भएकाले काञ्जी हाउसमा लगेर राख्न भने । गाईबाच्छाको स्वास्थ्य परीक्षण गर्न तथा रोगी पाइएमा क्वारेन्टिनमा राख्नसमेत उनले आग्रह गरे ।

अभियानले हालसम्म करिब दुई सय अलपत्र गाईबाच्छाको उद्धार गरी कागेश्वरी मनहरा नगरपालिकाको गोठाटारस्थित गौचरणमा आश्रय दिँदै आएको छ । उद्धार गरेर ल्याइने गाईबाच्छाको आफूहरूले संरक्षण गर्ने अध्यक्ष पुडासैनीले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको