Logo
14 Dec 2024    २९ मंसिर २०८१, शनिबार

ताजा खबर

राष्ट्रपति पौडेलद्वारा पाँच देशका राजदूत नियुक्त तेलुगु सुपरस्टार अल्लु अर्जुन पक्राउ काठमाडौंको तापक्रम २.५ डिग्री सेल्सियस, तराईंमा बाक्लो हुस्सु नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार पत्रकार महासङ्घको निर्वाचन आज फरार जीबी राईको राहदानी रोक्का

ड्रोग्बाले लिए बिदाई, सबैखाले फुटबलबाट सन्यासको घोषणा

admin

Drogba

एजेन्सी–अग्लो शरीर अनि झ्याप्ले कपाल । मैदानमा विपक्षीटिम लाई हैरान बनाउन माहिर । सन् २००० को दशकमा विश्व फुटबलमा डिडियर ड्रोग्बाले यही पहिचान बनाए । उनी मैदानमा डटेर खेल्ने खेलाडीमध्य्ए एक हुन । ड्रोग्बाको मेहनतको फलस्वरुप अफ्रिकी मूलुक आइभोरी कोस्टले विश्व फुटबलका ठूलो छलाङ मार्यो ।

आइभोरी कोस्टका यिनै महान फुटबलर ड्रोग्बाले बुधबार राती सबैखाले फुटबलबाट सन्यासको घोषणा गरे।
चार बर्षअघि राष्ट्रिय टोलीबाट सन्यास लिएका ४० बर्षीय ड्रोग्बाले क्लब फुटबलबाट पनि सन्यास लिएका छन । ‘२० बर्ष लामो फुटबल खेललाई मैले विट मार्ने निर्णय गरें । फुटबलले दिएको सफताबाट म सन्तुष्ट छु । बाँकी समय फुटबलमै कुनै न कुनै भूमिकामा रहनेछु,’ ड्रोग्बाले बताए ।

सन् २००२ देखि २०१४ सम्म आइभोरी कोस्टको राष्ट्रिय टोलीमा पहिलो रोजाईका खेलाडी ड्रोग्बाले टोलीमा रहदा महत्वपूर्ण योगदान दिए ।
सन् २००६, २०१० र २०१४ को विश्वकपमा उनी आइभोरी कोस्टका मुख्य खेलाडी थिए । उनकै नेतृत्वमा आइभोरी कोस्ट सन् २००६ र २०१२ मा अफ्रिकन कप अफ नेशनको फाइनलमा पुग्न सफल रह्यो । तर, संयोग वस दुवै पटक आइभोरी कोस्ट फाइनलमा पेनाल्टीमा पराजित भयो ।

आइभोरी कोस्टका लागि १०४ खेल खेल्दै ६५ गोल गरेका ड्रोग्बाले सन् २०१४ को ब्राजिल विश्वकप पछि राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए ।

जवानीमा उनले इङ्लिस प्रिमियर लिगमा चेल्सीका लागि नौ बर्ष खेले । चेल्सीका लिजेण्ड उनले चेल्सीमा खेलेका तीन सय ८१ खेलमा एक सय ६४ गोल गरेका थिए । उनले चार पटक त चेल्सीलाई प्रिमियर लिगको उपाधि समेत दिलाएका थिए ।
क्यारियरको पछिल्लो १८ महिना उनी अमेरिकी फुटबल क्लब फोनिक्स राईजिङमा सक्रिय रहेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको