Logo
01 Dec 2023    १५ मंसिर २०८०, शुक्रबार

ताजा खबर

स्वीकृति नै नलिई एनसेलको शेयर बिक्री नक्कली भुटानी शरणार्थी प्रकरणमा यस्तो छ आदेश जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ? नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आग्रह

आज गाई तिहार मनाइँदै

Reporter

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ। गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो।

गाई जगत जननी भएकाले पनि हिन्दु संस्कार अनुसार पूजा गर्ने गरेको जनविश्वास छ। गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिन्छ। आजको दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ। गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ। आजको दिनलाई गाई तिहार र हलीतिहार समेत भन्ने गरिन्छ। आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ। आजैका दिन बेलुकी घरघरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको