Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध

लक्ष्मी पूजाको दियोबाट आगोलागी हुँदा २६ लाख बढीको क्षति

Reporter

लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा २६ लाखभन्दा बढीको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा २६ लाख ५८ हजार बराबरको क्षति भएको जानकारी दिए।

आगोलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन,सुनका गरगहना, र नगद १५ हजारसमेत नष्ट भएको उनले बताए। जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीयवासी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीका कारण विष्ट परिवार विचल्लीमा परेको छ। रासस


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको