
सुनसरी दुहबीका फिदा हुसेनको हत्याको विरोधमा उत्रिएका आफन्त,स्थानियबासी र प्रशासनबीच सहमति जुटेको छ।
हत्या भएको २४ घण्टा बित्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै परिवार,आफन्त, स्थानियवासीले सडकमा शव राखेर विरोध प्रदर्शन गर्दै आएका थिए।
आफन्तले राखेका माग मध्य्ए गृहमन्त्रीको राजीनामा बाहेकका विषयमा सहमति जुटेको बताइएको छ।
सहमतिसँगै परिवारजनले सडकबाट शव उठाएका छन्। शव पोस्टमार्टमका लागि लगिएको जिप्रका सुनसरीले बताएको छ।
आफन्तहरूले हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, राज्यले दिने राहत रकम तत्काल दिनुपर्ने, हुसेन कार्यरत संस्थामा छोरालाई जागिरको व्यवस्था गर्नुपर्ने र गृहमन्त्रीले राजिनामा दिनुपर्ने माग राख्दै विरोध प्रदर्शनमा उत्रेका थिए।
बुधबार बिहान मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले गोली हानी इँट्टा भट्टाका फिदा हुसेनको हत्या गरेका थियो। छातीमा गोली लागेका हुसेनलाई अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।
