Logo
06 Dec 2023    २० मंसिर २०८०, बुधबार

ताजा खबर

अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसी बन्द गराइने: मेयर बालेन शासकीय सुधारका लागि आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण ग्राउन्ड ह्यान्डलिङ खोसिएको विरोधमा नेपाल एयरलाइन्सका कर्मचारी आन्दोलित आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता: एनसेल वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्ने: प्रधानमन्त्री दाहाल

आज नेपाल संवत् ११४४को पहिलो दिन, म्हःपूजा

Reporter

आज नेवार समुदायको नयाँ वर्ष तथा नेपाल संवत् ११४४को पहिलो दिन म्हःपूजा (आत्मपूजा) गरि मनाइँदैछ । समग्र देवता, उर्जाशक्ति एवं विश्व ब्रम्हाण्ड आफ्नै शरिरभित्र रहेको विश्वास गर्दै आफूलाई चिन्न प्रेरित गर्ने पर्वको रुपमा म्हःपूजा गर्ने गरिन्छ । आत्मशान्तिका लागि यस दिन तान्त्रिक विधिपूर्वक आफ्नो शरिरलाई पूजा गर्ने परम्परा रही आएको छ ।

 

म्हःपूजाका दिन नेवार समुदायका हरेक सदस्यले मण्डप बनाएर पूजा आराधना गर्ने गर्दछन् । मानिसभित्रको शक्ति दिपको रुपमा प्रकट गर्न म्हःपूजा गर्ने परम्परा रहिआएको छ । नेपाल संवत सूरु हुने दिन म्हः पूजा गर्ने परम्परा रहेपनि तिथि घटवढ भएका कारण यसपटक आज म्हःपूजा गरिँदैछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको