Logo
04 Dec 2024    १९ मंसिर २०८१, बुधबार

ताजा खबर

राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै दक्षिण कोरियाका राष्ट्रपतिले लगाएको ‘मार्शल ल’ संसदद्वारा खारेज चिनियाँ राष्ट्रपतिको घोषणा, नेपाललाई ९ अर्ब अनुदान दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति यू-१९ एसिया कपमा अफगानिस्तानमाथि नेपालको जीत

चार वर्षपछि खुल्याे चीनसँगको कोरला नाका

Reporter

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा रहेको कोरला नाका चार वर्षपछि खुुलेको छ ।

हिजो नेपाल र भारतका प्रतिनिधिहरुको उपस्थितिमा नाका पुनः खोलिएको हो । कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिन चीनले लोमान्थाङ र लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दालाई एक लाख किलो खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वुु गुुरुङले जानकारी दिनुभयो ।

लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रका आधारमा आवतजावत गर्न थालेका मुुस्ताङका प्रमुुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुुभयो ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)को असोज पहिलो हप्ता भएको भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो । कोरोना महामारी फैलिएपछि २०७६ सालदेखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो ।

त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो । अब भने नाका नियमित खुल्ला रहनेछ ।  जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । चीनले नाकासम्म पक्की सडक र सुविधासम्पन्न भवन बनाएको छ ।

सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरूले नेपाली भूमिको प्रयोग गरेर विद्रोह गरेका थिए । विद्रोहका कारण २०३२ सालदेखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो । २०५९ सालदेखि चीनले तारबार गरेर मेलाका बेला नाका खोल्दै आएको थियो ।

मुुस्ताङका बासिन्दालाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाएका लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिनुभयो । चीनले  दशगजा क्षेत्रको नेपाली भूमिमा पाँचवटा कन्टेनर जडान गरिदिएको छ ।

कोरला नाकाको चीनतर्फ स्थायी संरचना छन् । कोरला नाकाबाट ४५ किलोमिटरको सडक यात्रामा तिब्बतमा रहेको बजार क्षेत्र पुगिन्छ । यो बाटो भएर हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश जान पनि सहज रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको