Logo
29 Nov 2023    १३ मंसिर २०८०, बुधबार

ताजा खबर

तनहुँमा बस दुर्घटना हुँदा २ को मृत्यु, ३४ जना घाइते रुसी सेनामा चार नेपालीको मृत्यु भएको पुष्टि अष्ट्रेलियासँग भारत ५ विकेटले पराजित मेलम्चीको पानी ल्याउन मर्मतमा १५ करोड लाग्ने शंकर घिमिरेको‘तेल भिसा’मा विपिन र वर्षा कोप–२८ मा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जादै

सामाजिक सद्भाव र एकतालाई बचाउन टिकटक बन्द गर्नुपर्‍यो : प्रधानमन्त्री प्रचण्ड

Reporter

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र एकतालाई खलल पार्नबाट बचाउन उद्देश्यले टिकटकलाई बन्द गर्ने निर्णय गर्नुपरेको बताएका छन् । मंगलबार नेपाल संवतका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले समाजमा विसङ्गति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाइ नियन्त्रण गर्न टिकटकलाई बन्द गर्ने निर्णय लिनुपरेको बताएका हुन् ।

उनले देशभित्रका सबै राजनीतिक दलसँगको बहस र सहमति र अन्तर्राष्ट्रियस्तरमा भएको अभ्यासलाईपनि ध्यान दिइएको जिकिर गरे । सरकारको निर्णयमा पक्ष विपक्ष भएपनि सरकारको उद्देश्य अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न, नियमन गर्न भन्ने मान्यताबाट उत्प्रेरित भएर गरेको उनको भनाइ छ । उनले देश भूकम्प र अरु प्राकृतिक प्रकोपबाट जोखिमयुक्त रहेकाले आवासको समस्या समाधान गर्न विज्ञहरुबाट अध्ययन गराउने र आवास बीमाको सम्भावनाको अध्ययन गर्ने निर्णय सरकारले गरेको जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको