Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

विश्वकप महिला टी–२० क्रिकेटमा अस्ट्रेलिया र इंग्ल्याण्ड फाइनलमा

admin

womens cricket

काठमाडौं, मंसिर ७ ।
आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र इंग्ल्याण्ड भिड्ने भएका छन् ।

शुक्रबार बिहान फाइनलको समीकरण पुरा भएको छ । बिहान भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ रोजेको भारतले खेलमा तीन बल बाँकी छँदा अलआउट हुदै ११२ रन जोड्यो । उता जवाफइ ब्याटिङमा ११३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले १७ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

यसअघि पहिलो सेमिफाइनलमा आयोजक एवं पूर्व विजेता वेष्ट इन्डिजलाई पाखा लगाउँदै अस्ट्रेलिया आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरिसकेको छ ।

फाइनल खेल भने आगामी आइतबार एन्टिगुवामा हुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको