Logo
01 Dec 2023    १५ मंसिर २०८०, शुक्रबार

ताजा खबर

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ? नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आग्रह खुलेन विमानका लागि युरोपेली आकाश, प्रतिबन्ध काय​मै नक्कली भुटानी शरणार्थी प्रकरणमा बहस सकियो, शुक्रबार फैसला

न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकप फाइनलमा प्रवेश

Reporter

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डलाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको पहिलो सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले पराजित गरेको हो ।

जितको लागि ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३ सय २७ रनमा अल आउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ३४ रन बनाए पनि जितका लागि पर्याप्त भएन् । त्यस्तै कप्तान केन विलियम्सन ६९, ग्लेन फिलिप्सले ४१ रन रन बनाए ।

बलिङतर्फ भारतका मोहम्मद शमीले ७ विकेट लिए । बुमराह, कुलदिप यादव र मोहम्मद शिराजले एक एक विकेट लिए ।यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनायो । भारतका विराट कोहली र श्रेयस अय्यरले शतक बनाए । कोहलीले १ सय १३ बलमा १ सय १७ र अय्यर ७० बलमा १ सय ५ रन बनाएयस्तै शुभमन गिलले ६६ बलमा ८०, कप्तान रोहित शर्माले २९ बलमा ४७ र केएल राहुलले ३९ रन जोडे । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको