Logo
15 May 2025    २ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने

admin

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं, मंसिर ७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ९ गते आइतबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले आगामी महासमितिको बैठक तयारीबारे छलफल हुने बताए । ‘महासमितिको बैठकमा छलफलका लागि लैजाने विधानका सम्बन्धमा विधान मस्यौदा समितिले तयार पारेको मस्यौदाबारे केन्द्रीय समितिमा छलफल हुनेछ,’ उनले भने ।

महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा हुँदैछ । यसअघि उक्त बैठक मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा बोलाइए पनि आवश्यक तयारी नपुगेका कारण सारिएको थियो ।

बैठक आइतबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा उपस्थितिका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि अनुरोधसमेत गरेको छ । (रासस)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको