Logo
30 Nov 2023    १४ मंसिर २०८०, बिहीबार

ताजा खबर

३१ यात्रु छुटेको विषयमा नेपाल एयरलाइन्सले क्षमा माग्यो अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयोः केपी शर्मा ओली सेयर बजार चौथो दिन पनि घटेर बन्द महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्छ : आरजु राणा भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलो गरिँदैन : गृहमन्त्री श्रेष्ठ जाजरकोट भूकम्प: पालमा बस्दै आएकी बालिकाको मृत्यु

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

Reporter

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट निवेदन दायर भएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतका अधिवक्ताहरुले टिकटक बन्द गर्ने सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् ।

 

सर्वोच्चमा पेश भएका ७ वटा रिट निवेदनहरु अध्ययनका क्रममा रहेको जनाइएको छ । ती रिट निवेदनहरु अध्ययन गरेपछि मात्रै दर्ता हुन्छ वा हुँदैन अथवा कुन कुन रिट दर्ता हुन्छ भन्ने विषयमा निर्णय हुने अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले बताउनुभयो । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएपछि नेपालमा अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक बन्द गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको