Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

एक अध्ययन भन्छ ; ७४ प्रतिशत नेपाली पुरुष मदिरा पिउछन

Reporter

नेपाली पुरुषहरुमध्ये ७४ प्रतिशतले हरेक महिना मदिराजन्य पदार्थ पिउने एक अध्ययनले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले ७४ प्रतिशत पुरुषले एक महिनामा कम्तिमा एक पेग मदिराजन्य पदार्थ सेवन गर्ने तथ्य सार्वजनिक गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समय अघि सार्वजनिक गरेको नतिजा अनुसार २० प्रतिशत पुरुषले दुईदेखि ३ पेग र ६ प्रतिशत पुरुषले चार पेग वा सो भन्दा बढी मदिरा सेवन गर्ने गरेका छन् । भने महिला भने महिनामा ११ प्रतिशतले मदिरा सेवन गर्ने तथ्यांक रहेको जनाइएको छ ।

नेपालमा मदिरा मात्रै होइन सूर्तीजन्य पदार्थको प्रयोग पनि पुरुषहरुले ज्यादा गर्ने गरेका पाइएको छ । अध्ययनको नतिजा अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका ५ प्रतिशत महिलाले सूर्तीजन्य पदार्थ सेवन गर्छन् भने सोही उमेर समूहका २८ प्रतिशत पुरुषले सूर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेका छन् ।

‘सूर्तीजन्य पदार्थ सेवन गर्ने पुरुषहरु मध्ये १७ प्रतिशतले दैनिक धुमपान गर्छन् भने ११ प्रतिशतले कहिलेकाँही गर्छन्, अध्ययन प्रतिवेदनमा भनिएको छ, — दैनिक चुरोट पिउनेमध्ये ५४ प्रतिशत पुरुषले ५ वटाभन्दा कम, २५ प्रतिशतले ५ देखि ९ र २१ प्रतिशतले दिनमा १० वटा वा सो भन्दा बढी चुरोट पिउने गर्छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको