Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीयसहित दुई जना पक्राउ दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान

कराँचीस्थित चिनियाँ महावाणिज्यदूतावासमा आतंकवादी हमला

admin

कराँचीस्थित चिनियाँ महावाणिज्यदूतावासमा आतंकवादी हमला

इस्लामावाद, मंसिर ७ । पाकिस्तानको कराँची सहरस्थित चिनियाँ महावाणिज्य दूतावासमा भएको आतंकवादी हमलाको प्रयासलाई सुरक्षाकर्मीको टोलीले विफल तुल्याएको छ ।

शुक्रबार महावाणिज्य दूतावास परिसरमा हतियारसहित प्रवेश गर्न खोजेका लडाकु र सुरक्षाकर्मीबीच केहीबेर घमासान भिडन्तसमेत भएको थियो । घटनामा दुई सुरक्षाकर्मीको मृत्यु भएको जनाइएको छ ।

सुरक्षा कारवाहीमा हमलाकारीसमेत मारिएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार एक प्रहरी घाइते भएका छन् ।

घटनामा चिनियाँ महावाणिज्य दूतावासका कर्मचारी तथा कुटनीतिज्ञ सुरक्षित रहेको बताइएको छ ।

एकाबिहानै महावाणिज्य दूतावास अगाडी विस्फोट भएको थियो । स्थानीय संचारमाध्यमका अनुसार विस्फोट लगत्तै हतियारधारीहरु महावाणिज्य दूतावासभित्र प्रवेश गर्न खोजेका थिए । महावाणिज्य दूतावासको सुरक्षार्थ तैनाथ सुरक्षाकर्मीको टोलीले उनीहरुमाथि जवाफी हमला गरेको थियो ।

पृथकतावादी संगठन बलोच लिबरेशन आर्मीले सो हमलाको जिम्मा लिएको स्थानीय संचारमाध्यमले बताएका छन् । उक्त संगठनका प्रवक्ताले स्थानीय संचारमाध्यमलाई फोनबाट हमलाको जिम्मेवारीबारे जानकारी गराएको जनाइएको छ । (एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको