Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

टिकटक चलिरहेको भए तत्काल जानकारी गराउन प्राधिकरणको आग्रह

Reporter

नेपाल दूरसञ्चार प्राधिकरण अनुगमन महाशाखाले टिकटकको प्रयोग भइरहेको भए जानकारी गराउन अनुरोध गरेको छ ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गरी नेपाल सरकारको निर्णयअनुसार दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरुलाई टिकटक बन्दका लागि यसअघि नै निर्देशन दिइसकेको स्मरण गराएको छ ।

टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले सो निर्देशन कार्यान्वयन नगरेको भए त्यस्तो कम्पनीको बारेमा जानकारी गराउन प्राधिकरणले अनुरोध गरेको हो ।

सरकारले गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठककाे निर्णयअनुसार सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परको भन्दै तत्काल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको