Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

हमासको अपहरणमा परेका विपीन जोशी सकुशल

Reporter

काठमाण्डु, ४ मंसिर– प्यालेस्टिनी अतिवादी समूह हमासले इजरायलबाट अपहरण गरेका नेपालका विपीन जोशी सकुशल रहेको पुष्टि भएको छ ।

 

इसराइली डिफेन्स फोर्स (आइडिएफ) ले जोशी सकुशल रहेको जनाएको हो । तेलअभिभस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै आइडिएफ प्रवक्ताले हमासले बन्धक बनाएकामध्ये जोशी समेत रहेको दूतावासलाई जानकारी दिएको उल्लेख छ ।

 

‘हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरु मध्येमा नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको ईजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्,’ दूतावासले भनेको छ । दूतावासले जोशी हालसम्म पनि सम्पर्कविहीन रहेकाले पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको तर, खोजी जारी रहेको जनाएको छ ।

 

गत ७ अक्टोबरमा दक्षिणी इजरायलको किब्बुज–अलुमिममा हमास समूहले आक्रमण गर्दा नेपालका १० कृषि विद्यार्थीको ज्यान गएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको