Logo
01 Dec 2023    १५ मंसिर २०८०, शुक्रबार

ताजा खबर

स्वीकृति नै नलिई एनसेलको शेयर बिक्री नक्कली भुटानी शरणार्थी प्रकरणमा यस्तो छ आदेश जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ? नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आग्रह

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा, ५ जना बढी भेला हुन नपाइने

Reporter

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । यो क्षेत्रलाई ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्ष र नेकपा एमाले निकट युवा संघले मंसिर ७ गते माइतीघरमा प्रदर्शन गर्न लागेका थिए। तर एकैदिन दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम आदेश जारी गरेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको