
समाजसेवी तथा राप्रपाका युवा नेता विनय रावलले विभिन्न दुर्घटनामा परि आर्थिक संकट व्यहोरिरहेका बर्दियाका दुई घर परिवारलाई सहयोग गरेका छन् ।
जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर सात कालिगौडीका जित बहादुर थारू र राजापुर नगरपालिका वडा नं.१० खैरि,कर्माेहनी गाँउका नैने लाेहारकाे परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।
गत कात्तिक २७ गते मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका जित बहादुर थारूका १९ वर्षीय छोरा किसन थारुको उपचारका लागि आर्थिक अभाव भएको भन्दै ३० हजार रुपैयाँँ सहयोग गरेका नेता रावलले नैने लाेहारकी २४ वर्षीय छाेरी ममता सुनारकाे गत आइतबार बाघकाे आक्रमणबाट ज्यान गएपछि उनको मृत्युु पर्यन्त गरिने संस्कार तेह्राैँ दिनको पूण्य तिथिका लागी आर्थिक अभाव देखिएको भन्दै उनको परिवारलाई २० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
अहिले किसनको भारतको लखनउ स्थित एक अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारका लागि आर्थिक समस्या परेको भन्ने खबर पाउना साथ राप्रपाका सामाजिक विभाग प्रमुख समेत रहेका केन्द्रीय सदस्य नेता रावलले आर्थिक सहयोग गरेका हुन् ।
यसो त नेता रावल जनताको सुखदुःखमा जोडिदै आएका छन् । `मानव सेवा नै धर्म हो´ भन्ने मान्यतालाई आत्मसाथ गर्दै जनताको खुसीमा रमाउने उनी एक राजनीतिक व्यक्तित्व मात्र नभएर समाजसेवा र आध्यात्म प्रती विश्वास गर्ने व्यक्ति समेत हुन् । उनले कोभिड-१९ महामारीको समयमा होस् वा बाढी पहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोपहरुले जनतालाई जनतालाई दुःख दिइरहेका बेला सक्दो सहयोग गर्दै आएका छन् । भर्खरै जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका बेला पनि नेता रावलले त्यहाँका जनतालाई आफूले सकेको सहयोग गरेका थिए ।