आगामी असार २३ गतेदेखि साउन ५ गतेसम्म मोफसलका चार सहरमा नेपाल शैक्षिक मेला आयोजना हुने भएको छ ।
विजनेश प्लस टेलिभिजनको मुख्य आयोजना तथा माउन्टेन टेलिभिनज र मक्तिदर्शन टेलिभिजनको सह–आयोजनामा हुन लागेको मेला विराटनगर, विरगंज, धनगढी र नेपालगंजमा हुने आयोजकले जनाएको छ ।
पछिल्लो समय विभिन्न संघ संस्थाले शैक्षिक मेला गर्ने गरेको भएपनि सबै मेला राजधानी केन्द्रित भएकाले मोफसलमा मेलागर्न लागिएको आयोजकले बताएका छन् ।
मेलाबारे जानकारी दिदै विजनेश प्लस टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत डम्बर साहुले मुलक संघियतामा गइसकेको अवस्थामा शैक्षिक कार्यक्रम र गतिविधिलाई पनि राजधानी केन्द्रित गर्न नहुने बताए ।उनले भने,“शैक्षिक मेलाको आयोजना गरेर उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई क्षेत्रिय स्तरमा चलेका शिक्षण संस्था र तिनले दिने शिक्षाको बारेमा जानकारी दिनु आवश्यक छ ।”
मेलामा सहभागि हुन चाहने विद्यार्थीले प्रवेशका लागि कुनै शुल्कतिर्नु पर्दैन ।मेलामाउच्च शिक्षा नीति बहस कार्यक्रम समेत गरिने आयोजकले जानकारी दिएको छ ।
आगामी असार २३ र २४ गते विराटनगरको होटल एसियाटिक, असार २७ र २८ गते विरगंजको जैन धर्मशाला, असार ३१ र साउन १ गते धनगढीको ओम पार्टी प्यालेस र साउत ४ र ५ गते नेपालगंजको सिद्धार्थ कटेजमा मेला सम्पन्न गरिने छ । हरेक मेला स्थलमा विभिन्न कलेज तथा विश्वविद्यालयको करिब ४५ वटा शिक्षण संस्थाको सभागिता रहने छ ।मेलामा करिब १५ हजार विद्यार्थीको सहभागिता रहने अनुमान गरिएको छ ।
बरिष्ठ शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले पनि मेला आयोजना गर्नु अत्यन्तै खुशीको कुरा भएको बताए । उनले मुलुक संघीयतामा गैसकेकोले शैक्षिक कार्यक्रमहरुलाई पनि विकेन्द्रिकरण गरेर ग्रामिण ठाउँहरुमा समेत पु¥याउनुपर्ने बताए ।