Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

हमास र इजरायलबीच आज बाट ४ दिनका लागी युद्ध विराम

Reporter

हमास र इजरायलबीच आज बिहान १० बजेबाट युद्ध विराम लागू हुने भएको छ। झन्डै डेढ महिनादेखि जारी युद्धकाबीच दुबै पक्षबीच सहमति भए अनुसार स्थानीय समय अनुसार आज बिहान १० बजेबाट युद्ध विराम लागू हुने बीबीसीले जनाएको छ।

 

हमास र इजरायलबीच ४ दिनका लागि युद्ध विराम गर्ने सहमति भएको हो। युद्ध विरामको क्रममा दुबै पक्षले आफ्ना नियन्त्रणमा रहेका नागरिकहरूलाई रिहा गर्ने सहमति भएको छ।  सहमतिका अनुसार हमासले बन्धक बनाएका ५० जना इजरायलीलाई पहिलो चरणमा रिहा गर्ने छन् भने इजरायलको नियन्त्रणमा रहेका १५० जना प्यालेस्टिनी रिहा हुने मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले जनाएको छ।  इजरायलका विदेश मन्त्री एली कोहेनले बन्धक बनाइएका इजरायली नागरिकलाई सम्भवतः आजै रिहा गर्ने आशा गरिएको बताएका छन्।

 

सहमति अनुसार युद्ध विरामको क्रममा इजिप्टको रफाह क्रसिङ्ग बोर्डरबाट सहयोग सामग्रीयुक्त २ सय ट्रक, ४ इन्धन ट्याङ्कर र ४ ग्यासको ट्रकलाई पनि गाजा प्रवेश गर्न दिइने छ।यसैबीच, हमास र इजरायलबीच भएको सहमतिलाई विश्व समुदायले स्वागत गरेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको