Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

काश्मिरमा दोहोरो गोली हानाहानमा परी ६ लडाकूको मृत्यु

admin

काश्मिरमा तनाव बढ्यो

काश्मिर– सँधै अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा शुक्रबार भएको गोली हानाहानमा कम्तीमा ६ जना विद्रोही लडाकूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काश्मिरको सुटकिपोरा गाउँ अर्थात् श्रीनगर शहरबाट करीव ४८ किलोमिटर दक्षिणमा शुक्रबार बिहानै गोली चलेको थियो । भारतीय प्रहरी र सैनिकको संयुक्त गस्तीमा आतङ्कवादी आक्रमण भएलगत्तै दोहोरो भिडन्त भएको जनाइएको छ ।

गुप्तचर निकायले दिएको सूचनाअनुसार सुरक्षा अधिकारीहरुले शङ्कास्पद व्यक्तिहरु रहेको सूचना पाएलगत्तै सो इलाकालाई सुरक्षाकर्मीले घेराबन्दीमा पारेका थिए ।

काश्मिरको स्वतन्त्रताका लागि लामो समयदेखि सशस्त्र सङ्घर्ष जारी छ । भारत र काश्मिरमा बाँडिएको काश्मिरका विषयमा भारत र पाकिस्तानबीच दुई वटा ठुला युद्ध भइसकेका छन । –सिन्ह्वा


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको