Logo
16 Jul 2024    १ श्रावण २०८१, मंगलवार

ताजा खबर

भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री ओलीलाई बधाई बाणिज्य बैंकहरुले घटाए साउनका लागि ब्याजदर प्रधानमन्त्री ओली सहित २१ मन्त्रिले लिए सपथ ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा रिट कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जित्यो युरो कपको उपाधि

‘ए’ डिभिजन लिगमा संकटाले लगातार तेस्रो जीत निकाल्यो

admin

A-division

काठमाडौं ।
राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत तेस्रो चरणको खेलमा संकटा क्लबले लगातार तीन खेलमा जीत निकालेको छ । सशस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको खेलमा संकटाले मछिन्द्र क्लबलाई २–० गोल अन्तरले हराको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको संकटाले दोस्रो हाफमा उत्कृष्ट लय समात्दै मछिन्द्रलाई स्तब्ध पार्यो । संकटाका लागि खेलको ६४ औं मिनेटमा नितीन थापाले हेडरबात गोल गरेपछि अग्रता लिएको थियो भने ८६औं मिनेटमा अमित तामाङले गोल गरेपछि संकटाले अग्रता दोब्बर पार्यो ।
यसअघिका दुवै खेलमा स्पष्ट जीत निकालेको संकटाले आफ्नो तेस्रो खेलमा जीत निकाल्दै आफूलाई बलियो टोलीका रुपमा देखाएको छ । यसअघिका दुुई खेल बराबरी खेलेको मछिन्द्र भने तेस्रो खेलसम्म आइपुग्दा कमजोर सावित भएको छ ।

आजको जीतसँगै संकटाको ६ अंक भएको छ भने २ खेलमा बराबरी खेलेको मछिन्द्र तेस्रो खेल गुमाएपछि २ अंकमै सीमित रह्यो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको