Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

निर्मला पन्तका बुवाको शारीरिक संगै मानसिक अवस्था बिग्रँदै, गाली गर्दै हिँड्न थाले

admin

कन्चनपुर, मंसिर ७ ।
कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवाको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रँदै गएको छ ।

छोरीको न्यायका लागि १३औं दिनदेखि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराज पन्तको शारीरिक स्वास्थ्य अवस्थासँगै मानसिक अवस्था समेत बिग्रँदै गएको हो ।

केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको टोलीले धर्नास्थलमै पुगेर पीडित परिवारको स्वास्थ्य परीक्षण गरेको थियो । तर, पछिल्लो समय यज्ञराजको स्वभाव असामान्य बन्दै गएको देखिन्छ ।

उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको कन्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी गराए ।

यज्ञराजमा रातभरि नसुत्ने, बर्बराउने समस्या देखिएको छ भने दिउँसो निर्मलाको नाम लिँदै रुँदै, अरुलाई गालीगलौज गर्दै हिँड्न थालेका जनाइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको