Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

कार्यक्रम गर्न खुला ठाउँ समेत छैन, सडकमै कार्यक्रम गरियो : क. प्रकाण्ड

admin

Khadga Bahadur Bishwakarma Prakanda

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जनताको हातमा सत्ता नपुगेको जनाएका छन।

सत्तामा ‘दलाल पूँजीपति वर्गको मात्र पहुच छ। आज सम्म सत्ता जनताको हातमा आएको छैन। देश विकासको मुख्य बाधक दलाल पूँजीपति वर्ग नै हो,’ राजधानीमा आयोजित जनसभामा विश्वकर्माले भने।

सत्तासिन दल नेकपाका अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले सहिद परिवार, किसान र मजदूर वर्गलाइ भुलेको आरोप उनले लगाए।

‘सत्तासिनलाई सहिद परिवारको चिन्ता छदै छैन। कसरी कुर्सीमा जाने र राज्यको ढुकुटीलाई कसरी निजी बनाउने भन्ने भन्दा अरुकुनै चिन्ता छैन,’ उनले भने।

सरकारले हत्या, बलात्कार र महँगी नियन्त्रण गर्न नसकेको समेत दावी गरे। समृद्धिको कुरा गर्ने सरकारले कार्यक्रम गर्ने सार्वजनिक ठाउँसमेत व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ।

‘कार्यक्रम गर्न खुला ठाउँ छैन। जनता र पार्टीका अगाडि सरकार असफल भै सक्यो । गृह प्रशासन झनै लाचार भयो। सडकमै कार्यक्रम गरियो,’ उनले भने।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको