Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

निर्मलाका बाबु यज्ञराज लाई गाडीबाटै काठमाडौं ल्याइदै

admin

निर्मलाका बाबु यज्ञराज

निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई बेहोस बनाएर गाडीबाट काठमाडौं ल्याइएको छ ।

असामान्य व्यहार देखाएपछि सेती अञ्चल अस्पतालमा बेहोस बनाएर अबेर राति काठमाडौं ल्याइएको हो । यसअघि विमानबाट काठमाडौं ल्याउने प्रयास असफल भएको थियो ।

विमानस्थलमा बर्बराउने, मनपरी हिंड्ने लगायतका असामान्य व्यवहार देखाएपछि सुरक्षाका कारण उनलाई विमान कम्पनीले ल्याउन नमानेको हो ।

निर्मलाका बुवा, आमा र दुई जना आफन्तलाई काठमाडौं ल्याउन लागिएको हो ।

सुरक्षाका कारण विमानबाट काठमाडौं ल्याउन नसकिएपछि जिप भाडामा लिएर पठाइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जनाए।

चारै जनालाई बुद्ध एयरको बेलुकीको उडानबाट काठमाडौं ल्याउन लागिएको थियो ।

बुद्ध एयर धनगढी शाखा प्रमुख बुधराम माझीले एक जनाका कारण अन्य यात्रुलाई समेत जोखिम हुने देखेपछि उहाँलाई नलगिएको बताए ।

यात्रुसँग असामान्य व्यवहार गर्ने, बर्बराउने, मनपरी हिंड्नेजस्ता व्यवहार गरेकोले सुरक्षाका कारण लग्न नसकिएको उनले जनाए ।

एक जना यात्रुका कारण विमानका सबै यात्रुलाई जोखिम हुने देखेपछि पठाउन नसकिएको माझीले बताए ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले यज्ञराजमा मानसिक समस्या देखिएपछि चिकित्सकले काडमाडौँ लैजान सुझाव दिएको जनाए ।

छोरीको न्यायका लागि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजमा तीन दिनदेखि मानसिक समस्या देखिएको हो ।

निर्मलाको परिवार १४ दिनदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बस्दै आएका छन ।

१० साउनमा साथीको घर गएकी १३ वर्षीया बालिका निर्मलाको बलात्कार पछि हत्या गरिएको अवस्थामा शव पाइएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको