Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

‘लभ पर्‍या छ’ मा नायक तेज गिरी (भिडियो) एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट

२ अर्ब तलब खाने महिला

admin

उनी भारतको मद्रासमा (अहिलेको चेन्नाई) परम्परागत सोच राख्ने मध्यम बर्गीय परिवारमा जन्मेकी थिइन् । तर, स्वभाव भने बिद्रोही थियो ।

त्यो समय भारतीय नारीहरु अन्तर्मुखी गृहणी हुन्छन् वा हुनुपर्छ भन्ने मान्यता हाबी थियो । तर, उनी फरक सोच्थिन् । सामाजिक मूल्य र मान्यतालाई सँधैं चुनौती दिन्थिन् । र, समाजका ठेकेदारहरुसँग आँखा जुधाउँथिन् ।

मास्टर्स सकेपछि उनले धेरै संर्घष गरिन् । उनीसँग अन्तर्वातामा लगाउने नयाँ सुट समेत थिएन । प्रत्येक अन्तर्वातामा एउटै सुट लगाउँथिन्, र प्रत्येक पटक असफल हुन्थिन् ।

उनी सारै महत्वाकांक्षी केटी थिइन् । र, आफ्नो प्रतिभाको पूर्णउपयोग हुनुपर्छ भनेर विश्वास गर्थिन् । त्यसैले ‘मद्रास क्रिस्चियन कलेज’ पढ्दा कहिले महिला क्रिकेट टोलीको सदस्यता लिइन् त कहिले महिला रक ब्याण्डमा गिटारिस्ट भइन् । उनी र उनको दिदीलाई आमाले हुर्काइन् । उनीहरुको आमाले ‘तिमीहरु ठूलो भएर के गर्छौ ?’ भनेर सोध्ने, र मनपर्ने उत्तर आए पुरस्कृत गर्ने गर्थिन् । त्यसैले उनी आमालाई सकेसम्म ‘राम्रो’ उत्तर दिई पुरस्कार हात पार्ने ध्याउन्नमा निकै मिहेनत गर्थिन् ।

मिहेनत गर्ने र प्रतिबद्ध हुने सानैदेखिको बानीले उनले भारतको प्रतिष्ठित ‘एन्डिएन इन्टिच्युट अफ म्यानेजमेन्ट’मा नाम निकालेर भर्ना भइन् । त्यहाँ उनले ‘पोष्ट ग्राजुएट डिप्लोमा इन म्यानेजमेन्ट’ सकिन् । र, आफ्नो प्रतिभा पूर्णरुपमा उपयोग गर्ने काम खोज्न थालिन् ।

आज संसार उनलाई बिश्वको दोस्रो ठूलो खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने कम्पनी पेप्सीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत इन्द्रा नोइको नामले चिन्छ ।

अहिले इन्द्राको कुल सम्पत्ति १४ करोड डलर छ । उनी बार्षिक तलब झण्डै २ करोड डलर बुझ्छिन् । र, निरन्तर बिश्वको शक्तिशाली महिलामा सूचीकृत हुँदै आएकी छिन् ।

फर्चुनले निकालेको बिश्वको शक्तिशाली ब्यापारीक महिलाहरुको सूचीमा उनलाई तेस्रो नम्बरमा राखेको छ । फोब्र्सले निकालेको बिश्वको सबैभन्दा शक्तिशाली महिलाहरुको सूचीमा उनलाई १५ औं स्थानमा राखेको छ ।

भारतीय राष्ट्रपतिले उनलाई तेस्रो ठूलो नागरिक बिभूषण ‘पद्म भुषण’ले बिभूषित गरेका छन् । निवर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनलाई ‘युएस-इन्डिया सिइओ फोरम’मा नियुक्त गरेका छन् ।

इन्द्राले यो यात्राको शुरुवात ‘टोटल’ नामको बेलायती टेक्सटाइल कम्पनीबाट शुरु गरिन् । त्यहाँ थोरै समय बिताए पश्चात ‘जोनसन एण्ड जोनसन’ र ‘मिटुर बिर्यडसेल’ मा प्रोडक्ट म्यानेजरको रुपमा २ बर्ष काम गरिन् ।

जोनसन एण्ड जोनसनमा हुँदा एउटा रोचक प्रसंग छ । उनले त्यस कम्पनीमा काम शुरु गर्ने बित्तिकै कम्पनीले महिला स्वास्थ्य सम्बन्धी उत्पादनहरु उत्पादन गर्यो । ती उत्पादनहरु भारतमा पहिलोपटक शुरु गरिएका थिए ।

तर, भारतमा त्यतिबेला महिलाको ब्यक्तिगत स्वास्थ्य सुरक्षा सम्बन्धी उत्पादनहरुको प्रचार प्रसार बर्जित थियो । यो अनुभवी मार्केटिङ कार्यकारीको लागि समेत निकै ठूलो चुनौती थियो । तर, इन्द्राले यो चुनौती स्वीकार गरिन् । र, अबिश्वसनीय ढंगले सफलता प्राप्त गरिन् ।

यसैबीच कुनै दिन इन्द्रा एक म्यागजिजको पाना खेलाउँदै थिइन् । त्यसमा अमेरिकाको येल बिश्वबिद्यालयको ब्यवस्थापन संकाय सम्बन्धी लेख छापिएको थियो । साथीहरुको जोडबलमा उनले नचाहँदा नचाहँदै त्यहाँ आवेदन भरिन । र, भर्ना मात्र होइन, छात्रबृत्ति समेत प्राप्त गरिन् । येलमा पढ्दा इन्द्राले रात्रीकालीन रिसेप्सनिस्टको काम पनि गरिन् ।

इन्द्रा नोइ र उनीजस्तै क्षमतावान् महिलाहरु अपवादका रुपमा रहेका महिला नभएर समग्र मानव जातीकै अन्र्तनिहित क्षमताको बिम्ब बन्छन् । येलबाट मास्टर्स सकेपछि उनले धेरै संर्घष गरिन् । उनीसँग अन्तर्वातामा लगाउने नयाँ सुट समेत थिएन । प्रत्येक अन्तर्वातामा एउटै सुट लगाउँथिन्, र प्रत्येक पटक असफल हुन्थिन् ।

आफ्नो असफलताबाट आजित भएर येलका आफ्ना प्राध्यापकलाई भेट्न जाँदा प्राध्यापकले अबका अन्तवार्तामा आफुलाई जस्तो लुगा सजिलो लाग्छ त्यस्तै लुगा लगाएर जाने सल्लाह दिए । अचम्म ! यसपटक उनले जागिर पाइन् । ‘बोस्टन कन्सल्टिङ ग्रुप’ मा काम शुरु गरेकी उनले शुरुवाती दिनहरुमा महिला भएकैमा आफ्ना योग्यतालाई थप प्रमाणित गर्नुपर्यो । गैरअमेरिकी हुनुको झमेला त छदैं थियो । त्यसपछि उनले ‘मोटोरोला’ र एसिया ‘ब्रोन बोभेरी’ मा बिभिन्न तहमा काम गर्दैै र आफुलाई प्रमाणित गर्दै गइन् ।

त्यतिबेला सम्म इन्द्रा ब्यवस्थापनको उदाउँदो तारा भैसकेकी थिइन् । बिश्वभरिका कर्पोरेट हाउसहरु उनलाई फकाउन र मनाउन आउन थाले ।

यसैबीच, जेनरल इलेक्ट्रिक र पेप्सीकोले उनलाई आकर्षक अफरहरु गरे । जित पेप्सीको को भयो ।

पेप्सीमा इन्द्रा प्रमुख ‘नेगोसिएटर’को रुपमा काम गरिन् । र, महत्वपूर्ण र्पोटफोलियोहरु हात पारिन् । र, सन् २००१ मा चिफ फाइनानसिएल अफिसर हुँदै सन् २००६ मा सिइओ भइन् । उनको नेतृत्वमा पेप्सीको ले सन् २००१ मा २.७ अर्ब डलरको ब्यापार बढाएर ६.५ अर्ब डलरसम्म पुर्यायो ।

अहिले इन्द्राको कुल सम्पत्ति १४ करोड डलर छ । उनी बार्षिक तलब झण्डै २ करोड डलर बुझ्छिन् । र, निरन्तर बिश्वको शक्तिशाली महिलामा सूचीकृत हुँदै आएकी छिन् ।

हामीले भर्खरै अन्तराष्ट्रिय महिला दिवस मनायौं । संसारभरीका महिलाहरुले आफु महिला भएर जन्मेकोमा उल्लास मनाए, गर्व गरे । तर, गर्व र हिनताबोध एकै सिक्काका दुई पाटा हुन् ।

वास्तवमा मानिस महिला वा पुरुष भएर जन्मनुमा ब्यक्तिको कुनै भूमिका नै हुदैंन । यो नितान्त प्राकृतिक कुरा हो । ब्यक्तिले आफ्नो भूमिका नै नभएको कुरामा न गर्व गर्न जरुरी छ, न हिनताबोध पाल्न आवश्यक छ ।

यदि महिलालाई सामाजिक कुरिती र कुसंस्कारको शिकार बनाईंदैनथ्यो, दोस्रो दर्जाको मानवको हैसियतमा राखिँदैनथ्यो भने आज महिला दिवस मनाउँनै पर्दैनथ्यो । महिलाहरुले महिला भएकोमा गर्व गर्नै पर्दैनथ्र्यो । यो वस एउटा स्वाभाविक सत्यको रुपमा रहन्थ्यो ।

यो समय महिला अधिकारकर्मीहरुले महिला र पुरुष बराबर हुन भनेर नारा लगाउने समय पनि हो । वास्तवमा महिला र पुरुष बराबर होइनन् । उनीहरुका आ-आफ्नै बिशेषताहरु छन् । पुरुष बाहुबलमा अघि छ भने महिला कोमलतामा । बाहुबलमा पुरुष अगाडि भए पनि करुणा, सृजनशीलता, प्रेम, मिहेनत र प्रतिबद्धतामा महिलाको कुनै जवाफ छैन ।

सामान्यतः पुरुष कठोर चट्टान हो भने महिला कोमल गुलाब वा शीतको थोपा हुन् । कठोर चट्टान र चञ्चल गुलाबमा को शक्तिशाली ? यी कसरी बराबर हुन् ? तर, फरक भने अवश्य नै हुन्, जो सृष्टिको निरन्तरताको लागि आवश्यक छ ।

जब महिला पुरुषभन्दा सानो र तुच्छ होइन भन्ने सोचले कागजमा मात्र नभएर समाजको संकिर्ण परम्पराका जंजीरहरु चुडाँल्छ, तब महिला दिवस असान्दर्भिक बन्छ । र, महिला र पुरुष बराबर हुन् भन्ने ढेड अक्कली नारा त्यसै मुर्झाउँछ ।

अनि इन्द्रा नोइका बारे लेख्दै गर्दा उनी महिला भएको कुरा बिर्सी उनको कार्यकारी क्षमताको मात्र परख गर्न पाइन्छ । र, इन्द्रा नोइ र उनीजस्तै क्षमतावान् महिलाहरु अपवादका रुपमा रहेका महिला नभएर समग्र मानव जातीकै अन्र्तनिहित क्षमताको बिम्ब बन्छन् । एजेन्सी


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको