Logo
20 Jan 2026    ७ माघ २०८२, मंगलवार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी?

Reporter

इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच गाजामा युद्धविराम दुई दिन थप भएको छ। चार दिने समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले जनाएको हो ।

 

युद्धविराम दुइ दिन थपिएसँगै हमासकाे नियन्त्रणमा रहेका नेपालका विपिन जाेशी पनि छुट्न सक्ने सम्भावना बढेकाे छ ।

 

इजरायल र हमासबीच गाजामा सुरु भएको चार दिने युद्धविराम स्थानीय समय अनुसार मंगलबार सकिँदै थियो। सोमबार युद्धविराम लम्ब्याउने सहमति भएको हो।

 

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले ट्वीटरमा भनेका छन्, ‘जारी मध्यस्थताको एक भागको रूपमा, गाजा पट्टीमा मानवीय युद्धविरामलाई थप दुई दिन लम्ब्याउने सहमति भएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको