Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

खुल्यो कुलेखानी–फाखेल सडक ६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध

Reporter

काठमाडौं महानगरपालिकाले सडक तथा नदी किनारमा आगो बाल्न निषेध गर्दै चेतावनी दिएको छ । सडक तथा नदी किनारामा आगो बाल्दा वायु प्रदुषण बढ्ने भन्दै महानगरपालिकाले आगो बाल्न निषेध गरेको हो । अटेर गरेमा पहिलो पटकमा पाँच सयदेखि १५ हजार रुपियाँसम्म जरिवाना तिर्न लगाइने महानगरपालिकाको चेतावनी छ ।

जाडो मौसममा सडक तथा नदी किनारामा फोहोर जम्मा गरेर आगो बाल्दा वायु प्रदूषण बढ्ने भन्दै महानगरपालिकाले यस्तो निर्णय गरेको जनाएको छ । पटक पटक कारवाहीमा पर्नेलाई महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले एक लाख रुपैयाँसम्म जरिवाना तिराउने चेतावनी पनि दिएको छ ।

नदी किनारमा बस्नेले तथा सडक बालबालिकाले जाडोयाम शरु भएपछि फोहोर थुपारेर रातभर आगो बाल्ने गरेको र त्यसबाट वायु प्रदूषण बढ्दा श्वासप्रश्वासको समस्या बढ्ने गरेको तथ्यांकको आधारमा आगो बाल्न निषेध गरिएको विभागले स्पष्ट पारेको छ । विष्णुमती, वागमती, धोविखोला, मनोहरालगायतका नदी तथा खोलाका पुलमुनिका सडक किनाराहरुमा विशेष निगरानी र अनुगमन शुरू गरेको पनि महानगरपालिकाले जनाएको छ । विभागले खोला किनारका सडकहरुको सफाइ पनि थालेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको