Logo
03 Dec 2024    १८ मंसिर २०८१, मंगलवार

ताजा खबर

उपराष्ट्रपति यादवसंग कतारका राजदूतको शिष्टाचार भेटवार्ता प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता विराटनगरविरुद्ध सुदूरपश्चिमको शानदार जित साढे दुई लाख महिलाको पाठेघर मुखको क्यान्सर परीक्षण गरिने एनपीएलको बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ नेपाल र चीनबिच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

बुटवलमा पहिलोपटक “पेजेन्ट नेपाल बुटवल फेसन शो” भव्य रुपमा सम्पन्न

admin

pageant nepal fashion show on butawal

मङ्सिर ९, बुटवल ,पेजेन्ट नेपालले शुक्रवार प्रदेश नं. ५ को राजधानी बुटवलमा पहिलो पटक ‘पेजेन्ट नेपाल बुटवल फेसन शो’ सम्पन्न गरेको छ । बुटवलको मिलन चोक स्थित एसियन भिलेज रिसोर्टमा आयोजना भएको उक्त फेशन शो को लागी अडिसन राउण्डबाट छनौट भएका ४५ जना महिला तथा पुरुष मोडलहरु बिभिन्न थिममा र्‍याम्पमा उत्रिएका थिए ।
एकहप्ता सम्मको प्रशिक्षण पश्चात मोडलहरुलाइ र्याम्प वाक सम्बन्धि विविध जानकारी प्रदान गरिएको थियो ।

pageant nepal fashion show on butawal

आविष्कार खनाल र स्मारीका तामाङले सन्चालन गरेको उक्त कार्यक्रममा कोरियोग्राफर स्वस्तिका कार्कीको कोरीयोग्राफीमा र्याम्पमा उत्रिएका मोडलहरुबिच नायक श्रीदेव भट्टराई, नायिका पूर्णिमा लामा र कलाकार दिपक लक्की फेशन शोस्टपर्स थिए ।

pageant nepal fashion show on butawal

कार्यक्रममा नेपालका चर्चीत फेसन डिजाइनरहरुको डिजाइनहरु प्रस्तुत गरिएको थियो । मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर देखाईएको उक्त फेसन शो मा कल्चलर ड्रेस, वेस्टर्न ड्रेस, फेन्सी ड्रेस, गाउन तथा ढाकाका पहिरनहरु पहिरिएर मोडलहरुले शो लाई रंगीन बनाएका थिए ।

pageant nepal fashion show on butawal

पेजेन्ट नेपालका अध्यक्ष राज लुईटेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी सांसद निर्मला क्षेत्रीले कार्यक्रममा बोल्दै सकारात्मक कुरालाई प्राथमिकताका साथ अगाडी बढाउनुपर्ने र फेसनबाट नेपाललाई विश्वमा चिनाउन सकिने बताउनुभयो । फेसन सो लाई मर्यादित तरिकाले अगाडी बढाउनसके यसको भविष्य राम्रो हुनेमा जोड दिनुभयो ।

pagent nepal fashion show on butawal

कार्यक्रम सपोर्टरको रुपमा रहेर इभेन्ट मार्केटिङ मेनेजर निता श्रेष्ठ, अभिषेक रावल, गिरिराज बन्जाडे, टिका भुषाल, नरहरी कार्की लगायतले दिनुभएको साथ र सहयोगले कार्यक्रम पहिलोपटक भए पनि भव्य तवरले सम्पन्न गर्न सफल भएको कार्यक्रम संयोजक तथा पेजेन्ट नेपालकी सि.ई.ओ. ममथा बस्नेतले बताउनु भयो ।

pagent nepal fashion show on butawal

राजधानीमा मात्र सिमित रहेको फेसन शो लाई मोफसलम पनि स्थापित गर्नुपर्ने भन्दै आयोजना गरिको उक्त फेसन शो मा कार्यक्रम एसोसिएट्स वरिष्ठ उद्घोषक गोपाल प्रसाद अधिकारी र नेपाल चलचित्र संघका अध्यक्ष प्रदिप उदय लगायतले बोल्नुभएको थियो ।

pageant nepal fashion show on butawal

कार्यक्रममा सहभागी हुन राजधानीबाट इभेन्ट अर्गनाइजर डेभिल सिंह राजपुत, संचारकर्मी माधवराज खरेल, सौन्दर्य व्यवसायी सुसिला थापा, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, मोडल आशा थापा, प्रज्ञा ढुंगेल लगायत दर्जनभन्दा बढि कलाकर्मीहरु बुटवल पुग्नुभएको थियो । गायक ध्रुव बिस्को, नितु कोइराला, सपन श्रेष्ठ,विनोद ढकाल, दिपक लक्की ,पुर्णिमा लामा ,सावित्री जोशी, नन्दा बस्याल, ईन्दिरा भटटराई लगायत स्थानीय स्तरका कलाकारहरुको समेत बेजोड प्रस्तुती रहेको थियो ।

pageant nepal fashion show on butawal

कार्यक्रम सपोर्टरको रुपमा रहेर इभेन्ट मार्केटिङ मेनेजर निता श्रेष्ठ, अभिषेक रावल, गिरिराज बन्जाडे, टिका भुषाल, नरहरी कार्की लगायतले दिनुभएको साथ र सहयोगले कार्यक्रम पहिलोपटक भए पनि भव्य तवरले सम्पन्न गर्न सफल भएको कार्यक्रम संयोजक तथा पेजेन्ट नेपालकी सि.ई.ओ. ममथा बस्नेतले बताउनु भयो ।

pageant nepal fashion show on butawal

राजधानी लगायत देशका बिभिन्न स्थानमा बिभिन्न इभेन्टहरु सन्चालन गर्दै आएको पेजेन्ट नेपालले होटल व्यवसाय संगै पर्यटन प्रवर्द्दनमा पुर्याएको योगदानलाइ मध्यनजर गर्दै होटल एसोसियसन अफ रुपन्देहीले पेजेन्ट नेपालसंग सहकार्य गर्ने पतिवद्दता व्यक्त गरेको कुरा समेत बस्नेत ले जनाउनुभयो ।

pageant nepal fashion show on butawal

फेसन शो र बिभिन्न सांस्कृतिक प्रस्तुतीहरुससंगै बुटवलवासीहरुको बिच भव्य र उत्साहजनक सहभागितामा भरिएको कार्यक्रम सुरुदेखि अत्यसम्म रंगिन बनेको थियो ।

pageant nepal fashion show on butawal

pageant nepal fashion show on butawal

pageant nepal fashion show on butawal

pageant nepal fashion show on butawal

pageant nepal fashion show on butawal

 

 

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको